काठमाडौं – दक्षिण अफ्रिकामा भएको यू-१९ विश्वकप क्रिकेटको सुपर सिक्समा पुगेको नेपाली टोली घर फर्केको छ ।

नेपाली खेलाडीलाई नेपाल क्रिकेट संघ क्यानका पदाधिकारीहरुले विमानस्थलमा स्वागत गरेका छन् ।

समूह चरणमा न्युजिल्याण्ड र पाकिस्तानसँग पराजित भए पनि नेपाल अफगानिस्तानलाई हराउँदै सुपर सिक्समा पुगेको थियो ।

सुपर सिक्समा भने भारत र बंगलादेशसँग भएका दुवै खेलमा नेपाल पराजित भएको थियो ।