काठमाडौं – सूर्योदय वमी माइक्रोफाइनान्सले सेयरधनीलाई बोनस सेयर घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट सेयरधनीलाई १४.०७७ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।

साथै एफपीओ निष्कासनको प्रक्रियामा आगामी चैत १८ गतेभित्र साधारणसभा हुन नसकेको खण्डमा सेयरधनी आफैले लाभांश करवापत रकम भुक्तानी गर्नुपर्ने कम्पनीले स्पष्ट पारेको छ ।

सर्वसाधारण समूहको सेयर स्वामित्व २९.६४ प्रतिशत रहेकोमा एफपीओ निष्कासनमार्फत यसलाई बढाएर ३० प्रतिशत पुर्‍याउने कम्पनीले जनाएको छ ।