काठमाडौं – सञ्चारकर्मबाट राजनीतिमा लागेका रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका छन् । आज राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा उनले नयाँ पार्टी घोषणा गरेका हुन् ।

चुनाव चिह्न घण्टी प्रस्ताव गरेका लामिछानेले पार्टी कार्यालय बसुन्धरामा रहने जानकारी पनि दिए ।

आगामी चुनावमा कहाँबाट लड्ने भनेर चाहिं उनले खुलाएनन् । आफूलाई झापा, डडेलधुरा, चितवनबाट चुनाव लड्न मन भएको र त्यहाँबाट चुनाव लड्न नडराएको तर सरकारमा को छन् र उनीहरुले विगतमा गरेको चुनाव हेरेर आफू सचेत रहेको अनुमान गरेको लामिछानेले बताए ।

राष्ट्रिय सभागृहमा भएको कार्यक्रममा उनले पार्टीका सदस्यहरुको सुझावका आधारमा सुझबुझका साथ उम्मेदवारी घोषणा गर्ने बताए ।