काठमाडौं – उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासन र भ्रष्टाचार विरोधी अभियानलाई रोक्न अनेक षड्यन्त्र भइरहेको बतएका छन् ।

ज्यापु समाज यलको ३०औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले सुशासन र भ्रष्टाचार विरोधी अभियानलाई जनताले समर्थन गरेको बताए । तर यसलाई असफल पार्न विभिन्न हत्कण्डा देखा पर्न थालेका भन्दै उनले भने, ‘सुशासनको अभियान अगाडि नबढोस्, यसले विराम लिओस् । फेरि तैचुप मैचुप होस् भनेर नयाँ षड्यन्त्र देखा पर्न थालेका छन् ।’

तर यस्ता षड्यन्त्रहरुलाई असफल बनाएर छाड्ने उनले बताए । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष समेत रहेका गृहमन्त्री श्रेष्ठले भने, ‘म कबुल गर्न चाहन्छु, सुशासनको अभियान जारी राख्न छौं । सारा षढ्यन्त्राई असफल बनाएर अगाडि बढ्ने छौं ।’