काठमाडौं – पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा. महेश दाहालमाथि कालोमोसो दलेको भन्दै नेविसंघले आफ्ना विद्यार्थी नेतालाई निलम्बन गरेको छ ।

छानबिनका क्रममा कालोमोसो दलेको पुष्टि भएपछि केहीलाई निलम्बन गरिएको नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

कालोमोसो दलेको आरोपमा नेविसंघ मोरङका अध्यक्ष सरोज पोखरेल पक्राउ परेका थिए ।

कालोमोसो दल्नु नेविसंघको आदर्श, मूल्य-मान्यतावको विपरीत भएकोले केहीलाई कारबाही गरिएको अध्यक्ष शेर्पाले बताएका छन् ।

नेविसंघका नेता पोखरेललगायतले सेवा आयोगका अध्यक्ष प्रा.डा. दाहालमाथि निवासमै पुगेर कालोमोसो दलेका थिए ।