चितवन – चितवनको भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनबाट माओवादी केन्द्रकी रेनु दाहालले अग्रता कायम गरेकी छिन्। ४,८७७ मत गणना गर्दा दाहालले १,७२७ मत प्राप्त गरेकी छिन्।

दाहाललाई पछ्याइरहेका एमालेका उम्मेदवार विजय सुवेदीले १,६४७ मत ल्याएका छन्। कांग्रेसबाट बागी उठेका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले अहिलेसम्म ५७९ मत ल्याएका छन्।

उपमेयरमा पनि गठबन्धन नै अगाडि छ। गठबन्धनबाट कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारी १,८९५ मतसहित पहिलो स्थानमा छन् भने राप्रपाकी हिमला गुरुङ १,३३३ मत ल्याएर दोस्रो स्थानमा छिन्।