काठमाडौं – उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थोम्पसनले भेटघाट गरेका छन् ।

भेटमा द्विपक्षीय हितका विषयमा र नेपाल र अमेरिकाबीचको ७५ वर्ष लामो मित्रताका बारेमा कुराकानी भएको छ ।

भेटमा राजदूत थोम्पसनलाई श्रेष्ठलाई बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना पनि दिएका उपप्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।