गुल्मी – गुल्मीको रुरु क्षेत्र गाउँपालिका–१ अन्तर्गत लामोचौपारी आसपासका बस्तीमा कालीगण्डकी र रिडी खोलाको प्रभाव बढेपछि स्थानीयलाई सजग गराउँदै बस्ती खाली गराउन थालिएको छ ।
खोलाको बहाव र जोखिम बढेपछि स्थानीयले घरमा रहेका सामानहरू सुरक्षित स्थानमा स्थानान्तरण गरेका छन् ।
गएराति रुरुक्षेत्र गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष नवराज विकसहित, स्थानीय युवाहरूले जोखिममा रहेका घरका सामान सुरक्षित स्थानमा सार्न सहयोग गरेका थिए ।
स्थानीय प्रेम भण्डारीका अनुसार रातिदेखि नै स्थानीय युवाहरूको सक्रियतामा जोखिममा रहेका परिवारका सामान सुरक्षित स्थानमा सारिएको बताए ।
खोलाको प्रभाव थप बढ्न सक्ने भएकाले किनारमा रहेका बस्तीका स्थानीयलाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ ।











