काठमाडौं – अहिले कोशी प्रदेशका केही ठाउँमा पानी परिरहेको छ । यस्तै मधेशका केही ठाउँमा छिटपुट पानी परेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशका धेरै ठाउँमा सामान्यदेखी आँशिक बदली भएको छ ।

पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै उदयपुरको गाईघाटमा ५५ दशमलव २ मिलिमिटर र उदयपुरगढी मौसम मापन केन्द्रमा ५२ दशमलव ४ मिलिमिटर वर्षा मापन भएको छ ।

अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको मौसम पूर्वानुमान् महााखाले जनाएको छ । आज दिउँसो देशभर साधारणतया बादल लाग्ने पूर्वानुमान छ । देशका हिमाली भू–भागका केही ठाउँमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । दिउँसो देशका पहाडी भू–भागका धेरै ठाउँमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

कोशी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराईका केही ठाउँमा र मधेश प्रदेश तथा बागमती र गण्डकी प्रदेशका तराईका थोरै ठाउँमा मेघगर्जन र चट्याङ्ग सहित मध्यम सम्मको वर्षाको सम्भावना छ । आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका केही ठाउँमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ ।

कोशी प्रदेशको तराई भू–भागका एकरदुई ठाउँमा भने अत्यधिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।