काठमाडौं – चितवनको भरतपुर महानगरपालिका–९ को पूर्व–पश्चिम राजमार्गमा कारमा आगलागी हुँदा चालकको ज्यान गएको छ ।
आज बिहान बा।प्र।०१–०३० च ५५७९ नम्बरको कारमा अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । आगलागीमा परी कारभित्र रहेका चालकको घटनास्थलमै ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आगलागीबाट चालकको शरीर पूर्ण रूपमा जलेका कारण तत्काल पहिचान खुल्न सकेको छैन । आगलागीपछि दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ ।
आगलागीबाट कार पूर्ण रूपमा जलेर क्षति भएको प्रहरीले जनाएको छ । आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन । घटनाबारे प्रहरीले अनुसन्धान शुरु गरेको छ ।












