काठमाडौं – अहिले लुम्बिनी, गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मध्यम वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजो दिउँसोपछि देशका धेरैजसो ठाउँमा मध्यमतथा थोरै ठाउँमा ठूलो वर्षा भएको थियो ।

महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भाग, कर्णाली प्रदेशको पहाडी भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भागका एकरदुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।

यस्तै, देशका हिमाली भागका केही ठाउँ तथा पहाडी भागका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका धेरै ठाउँ तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई भागका केही ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । मधेश प्रदेशका थोरै ठाउँमा पनि पानी पर्न सक्ने अनुमान छ ।