काठमाडौं – भाडा विवादका कारण झन्डै ४ महिनादेखि बन्द रहेको भृकुटीमण्डपको ‘काठमाडा उपत्यका सार्वजनिक पुस्तकालय’ आजदेखि फेरि सञ्चालनमा आएको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता बादीको निर्णयअनुसार समाज कल्याण परिषद्, जिल्ला प्रशासन कार्यालय, काठमाडा महानगरपालिका र पुस्तकालयका प्रतिनिधिको उपस्थितिमा पुस्तकालयको ताला खोलिएको हो ।
परिषद् र पुस्तकालय समाजबीच वर्षौदेखि चलिरहेको २ करोड ८५ लाख रुपैयाँ भाडा बक्यौता विवादका कारण गएको चैत ३० गतेदेखि पुस्तकालय बन्द थियो । अब यो पुस्तकालय समाज कल्याण परिषद्को मातहतमा सञ्चालन हुनेछ ।
तालाबन्दी भएको ११४औँ दिनमा पुस्तकालय खुलेपछि दैनिक त्यहाँ पुग्ने झन्डै १५० जना पाठक तथा अध्ययनकर्तालाई सहज भएको छ ।
२०६० सालमा स्थापना भएको यस पुस्तकालयमा ५० हजारभन्दा धेरै पुस्तकहरू उपलब्ध छन् ।













