काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी जाने भएका छन् ।

उनी प्रधानमन्त्री बालेन शाहलाई भेटेर केहीबेर अघिमात्रै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट निस्किएका छन् ।

लगत्तै सुनसरीका जनप्रतिनिधिहरूसँग समन्वय गरेर सुनसरी जान लागेको प्रधानमन्त्रीका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंले जानकारी दिए ।

‘गृहमन्त्रीज्यू प्रधानमन्त्रीसँगको सल्लाहपछि सुनसरी जाँदै हुनुहुन्छ,’ बजगाईंले भने ।