काठमाडौं – जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लाका केही संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।
आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले दिउँसो साढे ३ बजेदेखि अर्को आदेश जारी नभएसम्म लागू हुने गरी कर्फ्यु लगाएको हो ।
कार्यालयले चारकिल्ला तोकेर कर्फ्यु लगाइएको क्षेत्र निर्धारण गरेको छ ।
उत्तर – लक्ष्मीनियाँ हाटबजार चोकदेखि पश्चिम सिउरजोडा चोक हुँदै पूर्वमा लक्ष्मीपुर नोव्वासम्म
पूर्व – बेलौनी रोडमा रहेको एमयू स्टिलबाट ५०० मिटर पूर्व पेट्रोल पम्प हुँदै राष्ट्रिय प्राथमिक विद्यालयसम्म,
दक्षिण – नगराइन नगरपालिका क्षेत्रदेखि नगराइन चोकसम्म
पश्चिम – सिउरजोडा–सोहनी–मनिमण्डप–नेपाल नर्सरी–इस्कोन–जनकपुर–ढल्केबरपुल–बेला–कादरी मस्जिदसम्म
जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई कर्फ्यु आदेशको पूर्ण पालना गर्न आग्रह गरेको छ ।













