काठमाडौं — पहिरोका कारण अवरुद्ध भएको पृथ्वी राजमार्ग अन्तर्गत चितवन र धादिङका विभिन्न खण्डमा सडक खुलेपछि दुई तर्फि गाडी सञ्चालनमा आएका छन् ।
चितवनको इच्छाकामना गाउँपालिका–२ अन्तर्गत फिस्लिङको पानीधारा र चुमखोलामा आज बिहान पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड केही समयका लागि अवरुद्ध भएको थियो । सडकमा थुप्रिएको पहिरो हटाएपछि खण्डमा यातायात सञ्चालनमा आएको हो ।
त्यसैगरी, धादिङको जवाङ खोलामा खसेको पहिरोका कारण अवरुद्ध भएको सडक पनि सफा गरिएपछि दुवैतर्फ गाडी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
सडक खुलेसँगै नारायणगढ–मुग्लिन हुँदै पोखरातर्फ जाने र पोखराबाट आउने गाडी दुईतर्फी चल्न थालेका छन् । वर्षाका कारण पहिरोको जोखिम कायम रहेकाले स्थानीय प्रशासनले रातिको समयमा गाडी चलाउन रोक लगाउने गरेको छ ।
प्रशासनले यात्रा गर्दा मौसम र सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न चालक तथा यात्रुलाई आग्रह गरेको छ ।













