काठमाडौं – काठमाडौंको त्रिपुरेश्वमार रहेको राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएपछि ज्यान गुमाएका गणेश नेपालीका परिवार र सरकारबीच ९ बुँदे सहमति भएको छ ।

नेपाल सरकार तथा काठमाडौं महानगरपालिका र पीडित परिवारबीच राहत प्रदान, गणेशकी छोरीको उच्च शिक्षासम्मको व्यवस्था, श्रीमतीलाई रोजगारी उपलब्ध गराउने तथा घटनाको निष्पक्ष अनुसन्धान गर्नेलगायतका विषयमा सहमति भएको हो । सम्झौता गर्न गृहमन्त्री सुधन गुरुङ जिल्ला प्रशासन कार्यालय काठमाडौं पुग्नुभएको थियो ।

मुगुको सोरु गाउँपालिका–६ जमलधारा स्थायी घर भएका गणेश भक्तपुरको कमलविनायकमा बस्दै आउनुभएको थियो । ‘राइड शेयरिङ’ सम्बन्धी काम गर्ने नेपालीको मोटरसाइकलमा काठमामाडौंको महानगरीय प्रहरीले ‘ह्विल लक’ गरेका कारण शुरू भएको विवादपछि घटना भएको हो ।

गएको बिहीवार आत्मदाह प्रयास गरेका गणेशको उपचारका क्रममा वीर अस्पतालमा शुक्रवार बिहान निधन भएको थियो ।

गणेशको मृत्युबारे उपत्यका प्रहरी कार्यालय रानीपोखरीका डीआईजी गोविन्द थपलियाको नेतृत्वको ५ सदस्यीय समितिले छानबिन गरिरहेको छ ।