काठमाडौं – रास्वपा वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन शाह रास्वपा महाधिवेशनको बन्द सत्रस्थलमा पुगेका छन् । उनी केहीबेर अघि बन्द सत्रस्थलमा पुगेका हुन् । उनी गाडी चलाएरै बन्द सत्रमा पुगेका हुन् ।

उनी आजै दिउँसो बन्द सत्र सुरु हुँदा भने पुगेका थिएनन् । रास्वपाको महाधिवेशन आइतबारदेखि जारी छ । आजबाट सुरू भएको महाधिवेशन भोलिसम्ममा सक्ने रास्वपाको तयारी छ ।