काठमाडौं – काभ्रेको रोशी खोलामा पानीको बहाव उच्च भएपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै बीपी राजमार्गमा गाडी चलाउन रोक लगाइएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार दिउँसो साढे १२ बजेदेखि गाडीको आवागमन तत्कालका लागि रोक लगाइएको हो । काभ्रेको धुलिखेल तथा सिन्धुलीतर्फ खुर्कोट र नेपालथोकमा गाडीलाई ‘होल्ड’ गरिएको छ ।
सडकको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ । थप जानकारी तथा सूचनाका लागि १०० र १०३ मा सम्पर्क गर्न सूचनामार्फत प्रहरीको आग्रह छ ।












