काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी दलहरूको अवरोधका कारण प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । विपक्षी सांसदहरूले उठेर विरोध गरेपछि सभामुख डोलप्रसाद अर्यालले बैठक स्थगित गर्नुभएको हो ।
आजको बैठक शुरू हुनेबित्तिकै प्रतिपक्षी दलका सांसदहरूले उठेर विरोध गरेका थिए । सभामुखले दलीय आधारमा बोल्न समय दिएपछि प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीले सीमाबारे दिएको अभिव्यक्ति रेकर्डबाट नहटाएसम्म सदन चल्न नसक्ने बताए ।
प्रधानमन्त्री बालेन शाहले ’नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिएयता विपक्षीहरूले संसद् बैठकमा अवरोध गर्दै आएका छन् ।












