दाङ – दाङमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको ज्यान गएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।
आज बिहान ६ बजेतिर तुलसीपुरको गुल्म चोक पार गरेर केही उत्तरतर्फ विपरीत दिशामा रहेका टिपर र मोटरसाइकल ठोक्किएका हुन् । दुर्घटनामा लमही नगरपालिका–५ का ३५ वर्षीय मनोज नेपाली र उहाँका ५ वर्षीय छोरा मिनराजको ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) होमबहादुर पराजुलीले जानकारी दिनुभयो ।
मनोजकी श्रीमती ३४ वर्षीया अनुसाको उपचार भइरहेको छ । मनोज बिदाका बेलामा तुलसीपुर–६ मा रहेको ससुराली आएका र आज छोरालाई विद्यालय पठाउनुपर्ने भएकाले बिहानै हिँडेकामा केहीबेरमै दुर्घटनामा परेका प्रहरीले जनाएको छ ।














