काठमाडौं – सरकारले कर्मचारीको तलब २१ प्रतिशतले बढेको घोषणा गरेको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै शुरू तलब स्केलमा १० प्रतिशत, प्रोत्साहन भत्ता १० प्रतिशत र महँगी भत्तालाई निरन्तरता दिने घोषणा गर्नुभएको हो ।
अर्थमन्त्री वाग्लेका अनुसार बजेट भाषणमार्फत न्यूनतम तलब ४० हजारदेखि अधिकतम तलब १ लाख रुपैयाँभन्दा धेरै कायम भएको छ ।
विगत चार वर्षदेखि कर्मचारीको तलब बढ्न नसकेको र यसबीचमा महँगी १७।३ प्रतिशतले बढेको उहाँले बताउनुभयो ।












