काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्कराज राई ९हर्क साम्पाङ० ले प्रधानन्यायाधीश सिफारिश प्रक्रियाप्रति असन्तुष्टि जनाउनुभएको छ ।

अध्यक्ष साम्पाङले आज विज्ञप्ति निकालेर चौथो वरीयताका न्यायाधीशलाई प्रधानन्यायाधीशमा सिफारिश गर्नु सरकारको गल्ती भएको टिप्पणी गर्नुभएको छ । उहाँले उपसभामुख रुबीकुमारी ठाकुरले वरीयता उल्लङ्घन गरी निर्णयमा हस्ताक्षर गरेकोमा असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

संसद् छलेर राष्ट्रप्रमुखलाई दबाव दिई संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गराउनु गलत रहेको र गलत कामलाई सही भन्न नसकिने विज्ञप्तिमा उल्लेख छ । सुशासन र थितिको आश्वासन दिएर सत्तामा पुगेको दलले विधि मिचेर यस्तो कार्य गरेको भन्दै उहाँले यसमा राजनीतिक र कानूनी स्वार्थ लुकेको आशङ्का व्यक्त गर्नुभएको छ ।

राई अध्यक्ष रहेको पार्टीबाटै ठाकुर उपसभामुख बन्नुभएको हो । आफ्नै पार्टीबाट उपसभामुख बनेकी ठाकुरको भूमिकाप्रति राईले असन्तुष्टि व्यक्त गर्नुभयो ।

हिजो बसेको संवैधानिक परिषद् बैठकले वरिष्ठता क्रमको चौथो नम्बरमा रहेका डा। मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिश गरेको थियो ।