मकवानपुर – हेटौँडा–काठमाडौं जोड्ने कान्ति लोकपथ सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दिउँसोदेखि दुवैतर्फको गाडी आवतजवात सञ्चालनमा आएको छ ।

गएराति भीमफेदीमा पहिरो गएपछि सडक अवरुद्ध भएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले मकवानपुरको त्रिभुवन राजपथ, पूर्व–पश्चिम महेन्द्र राजमार्ग र भीमफेदी–कुलेखानी हुँदै काठमाडौंतर्फ जाने सडकमा गाडी सञ्चालन भइरहेको बताउनुभयो ।

यसैगरी हेटौँडाबाट वीरगञ्ज, चितवनको नारायणगढ र भीमफेदीबाट हेटौँडातर्फ पनि गाडी सञ्चालन भइरहेको प्रहरीले जनाएको छ । रासस