काठमाडौं – जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज बेलुका ७ बजेसम्म थापाथलीमा रहेको सुकुम्वासी बस्ती खाली गराउन सूचना जारी गरेको छ ।

प्रशासन कार्यालयले भोलि शनिवार बिहानैदेखि सुकुम्वासी बस्तीका घरटहरा भत्काइने जनाएको छ । साथै आवश्यक परे सुरक्षाकर्मीको सहयोग लिन पनि अनुरोध गरेको छ ।

‘यदि कोही कसैले यस सूचनालाई अटेर गरी बसेको खण्डमा स्थानीय प्रशासन, प्रहरी र काठमाडौं महानगरपालिकासमेतको संयुक्त कारबाही गर्दा भत्काइने संरचना र क्षति हुने व्यक्तिगत सम्पत्तिको जिम्मेवार तपाईं स्वयम् हुनुहुनेछ,’ प्रशासन कार्यालयको विज्ञप्तिमा उल्लेख छ ।