काठमाडौं – पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र उहाँकी पत्नी एवम् पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
गृह मन्त्रालय स्रोतकाअनुसार देउवा दम्पतीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा पक्राउ पुर्जी जारी भएको हो । काठमाडौं जिल्ला अदालतले हिजै पक्राउ पुर्जी जारी गरेको हो ।
गएको भदौ २३ र २४ गतेको नवयुवा आन्दोलनका क्रममा बूढानीलकण्ठमा रहेको देउवाको घरमा आगजनी हुँदा जलेका पैसाका नोट भेटिएको सार्वजनिक भएको थियो । त्यसपछि सम्पत्ति शुद्धीकरण विभागले देउवा निवासमा पुगेर मुचुल्कासमेत उठाएको थियो ।
विभागको पत्राचारपछि अहिले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले अनुसन्धान अघि बढाएको छ । देउवा दम्पती उपचारका लागि फागुन २१ गतेको चुनावअघि सिङ्गापुर जानुभएको छ ।













