काठमाडौं – रास्वपा सांसद आशिष गजुरेल साइकल चढेर संसद भवन गएका छन् ।
सार्वजनिक यातायात पूर्वाधार विज्ञसमेत रहेका गजुरेल निर्वाचनपछिको पहिलो संसद बैठकमा सहभागी हुन साइकल चढेर सिंहदरबार गएका हुन् ।
दौरा सुरुवाल लगाएका उनी माउन्टेन बाइक चढेर सिंहदरबारस्थित संघीय संसद भवन गएको फोटो सार्वजनिक भएको छ ।
उनले सम्भव भएसम्म हिँड्न, नभए सार्वजनिक यातायात चढ्न सुझाव समेत दिएका छन् ।
उनी सिन्धुली क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा प्रत्यक्ष निर्वाचित भएका हुन् ।













