काठमाडौं – नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक सुरु भएको छ । बैठक काठमाडौंको धुम्बाराहीस्थित होटल स्मार्टमा सुरु भएको हो ।

पार्टीको विशेष महाधिवेशनबाट असन्तुष्ट रहेका नेताहरू भेलामा सहभागी छन् । भेलामा १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य सहभागी छन् । भेलामा पूर्णबहादुर खड्का र शेखर कोइराला समूहका नेताहरू उपस्थित भेलाले चुनावी समीक्षा गर्ने, १५औं महाधिवेशनको मितिबारे छलफल गर्नेलगायत एजेन्डा तय गरिएको छ ।

बैठक नेता पूर्णबहादुर खड्काले सञ्चालन गरेका छन् । उनले शेखर कोइराला र शशांक कोइरालालाई दायाँबायाँ राखेर बैठक सञ्चालन गरेका हुन् । शेखर पुगेसँगै खड्काले सबै नेतालाई आ-आफ्नो ठाउँ मा बसिदिन आग्रह गरेर बैठक अघि बढाए ।

बैठकमा १४ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका पदाधिकारी र केन्द्रीय सदस्य गरी ६४ र दुई प्रदेश सभापति सहभागी छन् ।