काठमाडौं – प्रतिनिधिसभा सदस्य चुनावको मतगणना अन्तर्गत अहिलेसम्म ३० वटा निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) २२ क्षेत्रमा विजयी भएको छ । नेपाली कांग्रेसले ५, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले २ र एमालेले १ तथा स्वतन्त्र उम्मेदवारले १ क्षेत्रमा जित हासिल गरेका छन् ।

मतगणना भइरहेका ठाउँमा रास्वपाकै उम्मेदवाहरु अगाडि छन् । रास्वपा ९४, कांग्रेस १०, एमाले १२, नेकपा ११, श्रम संस्कृति पार्टी ४ र राप्रपा १ क्षेत्रमा अगाडि छन् ।