काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहले प्रतिनिधिसभा सदस्य चुनावका लागि झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ । दमकमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर शाहले मनोनयन दर्ता गराउनुभएको हो ।

यसअघि हिजो जनकपुरमा पार्टी सभापति रवि लामिछानेबाट टिकट लिनुभएका शाहले उम्मेदवारी दर्तापछि कार्यकर्तालाई सम्बोधन गर्दै परिवर्तनको एजेन्डा बोकेर चुनावमा प्रतिस्पर्धा गर्न लागेको बताउनुभएको थियो ।

त्यस्तैगरी नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पनि प्रतिनिधिसभा चुनावका लागि झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ ।

दमकमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर अध्यक्ष ओलीले मनोनयन दर्ता गराउनुभएको हो । मनोनयनका लागि ओलि हिजो नै झापा जानुभएको थियो ।

आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावमा यो क्षेत्र सर्वाधिक रोचक प्रतिस्पर्धाको केन्द्र बनेको छ ।