काठमाडौं – ‘सिते बा’ मधुसुधन पाठकले निर्वाचन आयोग काठमाडौ क्षेत्र नं ५, बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारको तर्फबाट मनोनयन दर्ता गराएका छन् ।
बेथिति, राजनीतिक अराजकता, शासन र सत्ताको चरम दुरुपयोगका बिरुद्ध सुशासन, बिकास निर्माण, सामाजिक सद्भाव सहितको एकिकरण, भष्ट्राचार रहित समाज, पुँजी र श्रमको एकिकरण र उचित परिचालन, कला संस्कृति र सम्पदाको संरक्षण सहित सभ्य र बौद्धिक समाज निर्माणका लागी भन्दै उनले आफ्नो मनोनयन दर्ता गराएका हुन् ।












