लमजुङ – लमजुङमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । गएराति बा ८ च ३७३१ नम्बरको जीप मर्स्याङ्दी गाउँपालिका–३ मा दुर्घटना हुँदा दुई जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
ज्यान गुमाउनेमा जीपका चालक दोलखाको मेलुङ ४ का ३० वर्षीय विनोद खड्का र २५ वर्षीय पारस खड्का रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर क्षेत्रीले बताउनुभयो ।
जीपमा रहेका ताप्लेजुङको सिदीङ्वा गाउँपालिका–४ का २० वर्षीय उमेश लिम्बूको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ । रासस










