काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालसँग पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

गत २४ भदौमा भएको जेनजीहरूको प्रदर्शनपछि डल्लुस्थित निवासमा भएको आगजनी र तोडफोडमा परेर चित्रकार गम्भीर घाइते भएकी थिइन् । उनको अहिले कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ ।

यसबैची ऊर्जामन्त्री घिसिङले खनाललाई फोन गरेर उनको स्वास्थ्यबारे जानकारी लिएका हुन् । घिसिङको सचिवालयका एक सदस्यले दिएको जानकारी अनुसार, हिजो (मंगलबार) घिसिङले खनाललाई फोन गरेका थिए ।

चित्रकारले घिसिङलाई अध्यापन गराएकी थिइन् ।

‘गुरुआमाको स्वास्थ्यबारे बुझ्न हिजो नै उहाँ (कुलमान) ले फोन गर्नुभएको थियो । अहिले स्वास्थ्य विस्तारै सुधार हुँदै गएको जानकारी झलनाथजीले गराउनुभएको छ,’ कुलमानको सचिवालयका ती सदस्यले भने ।