काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्यमा ईश्रा मुल्ला मियालाई केन्द्रीय समितिमा मनोनित गरेको छ ।

रास्वपाका संस्थापक केन्द्रीय सदस्य मियाले हज कमिटीको अध्यक्ष हुनका लागि केन्द्रीय सदस्यबाट राजीनामा दिएका थिए । शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले मियालाई पुन: केन्द्रीय सदस्य बनाउने निर्णय गरेको हो ।