काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सहकारी ठगीसम्बन्धी पर्साको मुद्दा विलम्ब गरिएको भन्दै त्यसप्रति असन्तुष्ट भएका छन् ।
मंगलबार सिंहदरबारमा पत्रकारहरूसँग कुरा गर्दै उनले असन्तुष्टि जनाएका हुन् ।
पुर्साको मुद्दा किन विलम्ब भएको होला भनेर पत्रकारहरूले प्रश्न गरेका थिए । लामिछानेले जवाफ दिए, ‘सरकारले हतियार बनाएर राखेर पर्साको ९मुद्दा० चाहिं झुण्ड्याइराख्या छ । मान्छे लगाएर हालिएको मुद्दा हामीलाई थाहा छैन र १ हकदैया छैन, हदम्याद छैन । सबै थाहा छ । सब जगजाहेर छ ।’
सरकारले छोप्यौं भन्ने ठानेको भएता पनि नछोपिएको उनले बताए । अगाडि भने, ‘सरकार छोप्यौं भन्ठान्छ हामी नाङ्गो देखिराख्या छौं । सरकार छोपिएको छ, छोपिएको छ भनिरहेको छ तीनकुनेको छोप्या जस्तो । तर, नाङ्गो भइसक्यो ।’
लामिछानेविरुद्ध पर्सा जिल्लामा सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा मुद्दा छ । यससम्बन्धी अनुसन्धान लब्याएर दुःख दिइरहने हतियार बनाउन खोजेको लामिछानेको आरोप छ ।
कास्की, काठमाडौं, रूपन्देही र चितवन गरी चारवटा जिल्लामा सहकारीसम्बन्धी मुद्दा दर्ता भएर पनि लामिछाने चारैतिर धरौटीमा रिहा भइसकेका छन् । तर, वीरगन्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनसम्बन्धी मुद्दा भने अगाडि बढ्न सकेको छैन । यो विषयमा जिल्ला अदालत पर्सामा दुई पटक मुद्दा दर्ता भइसकेको छ । तर, अगाडि बढेको छैन ।









