काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले चाहेको खण्डमा गणतन्त्र उल्टिनसक्ने बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा अध्यक्ष लिङ्देनले युवाहरूको शक्तिलाई नहोच्याउन आग्रह गरे ।

‘तपाईंले जबसम्म व्यवहार सुधार नगरेसम्म गणतन्त्रको विरोध मात्रै होइन, उल्ट्याउँछन् नै,’ अध्यक्ष लिङ्देनले भने, ‘जनताले चाह्यो भने यो गणतन्त्र जान्छ । युवाको शक्तिलाई नहोच्याउनुस् ।’

साथै, उनले गत १५ चैतमा तीनकुनेमा भएको प्रदर्शनमा आन्दालनकारीले मात्रै नभइ सरकारले पनि ज्यादती गरेको बताए ।

‘अस्ति १५ गते आन्दोलनकारीले मात्रै ज्यादती गरेको हो रु त्यसको नियन्त्रण गर्ने जिम्मा सरकारको होइन रु तपाईं कांग्रेस एमाले भन्नेहरू भजन किर्तन गर्दै आएको हो रु तोडफोड नगरी आएको हो रु मान्छे नमारी आएको हो ?,’ उनले भने ।

नेताहरूले बुनेका कथा र शब्दजालले अबको पुस्ता नमान्ने उनको तर्क थियो ।

‘एकमुष्ट के भन्न चाहन्छु भने अब कथाले, शब्दजालले अबको पुस्ता मान्ने छैन । तपाईंको मिथ्यांकले मान्छे पत्याउनेवाला छैन । अहिलेको डिजिटल युग, सूचना प्रविधिको विकास तयसबाट युवा राम्रोसँग परिचित छ,’ लिङ्देनले भने, ‘तपाईंले किन राजा हटाउनुभएको रहेछ रु राजा हटाएपछि नारायणहिटीमा व्यापार गर्न खोज्नुभयो । तपाईं राजा हटाएर देशमा लोकतन्त्र र गणतन्त्रको नाममा कुन खालको लुटतन्त्र मच्चाउन खोज्नुभएको छ हेरिरहेको छ ।’