काठमाडौं – नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले संसदमा आफूले व्यक्त गरेको अभिव्यक्तिप्रति आत्मसमीक्षा गर्दै क्षमा याचना गर्नुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उहाँले यही चैत ३ गतेको बैठकमा व्यक्त गरेको विचारप्रति क्षमा याचना गर्नुभएको हो । यौन व्यवसायलाई कानूनी मान्यता दिनुपर्ने धारणा राख्नुभएको थियो ।
उहाँले यो अभिव्यक्ति आफूले प्रतिनिधत्व गरेको नेपाली कांग्रेस र संसदीय दलको नभएको तथा त्यो आफ्नो व्यक्तिगत धारणा भएको स्पष्ट पार्नुभएको छ ।