काठमाडौं – महाशिवरात्रिको दिनमा पशुपतिनाथमा साँझदेखि भक्तजनहरूले विशेष पूजा गर्न सक्‍ने व्‍यवस्था गरिएको छ ।

पशुपति क्षेत्र विकास कोषका परिषद सदस् एवं प्रचार-प्रचार उपसमितिका संयोजकले विशेष पूजा गर्न १५ हजार १ सय रुपैयाँ तिरेर व्यवस्था मिलाइएको जानकारी दिए ।

उनले भने, ‘महाशिवरात्रिमा भक्तजनले सहज रूपमा दर्शन गर्नसक्ने व्यवस्था मिलाइएका छौं। विशेष पूजाका लागि भक्तजनले १५ हजार १ सय रुपैयाँ तिर्नुपर्छ । उहाँहरूले बिना लाइन १ घण्टामा पूजा सम्पन्न गर्न सक्नुहुन्छ।’