काठमाडौं – सरकारले विद्यालय र विद्यालय बाहिर रहेका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘एचपिभी’ खोप अभियान सञ्चालन गर्ने भएको छ ।
पाठेघरको मुखको क्यान्सर न्यूनीकरण गर्ने उद्देश्यले बालबालिकालाई ह्युमन प्यामिलोमा भाइरस (एचपीभी)विरुद्धको खोप निःशुल्क दिने भएको हो ।
स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा। अभियान गौतमले विद्यालयका कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्षसम्मका बालिका लक्षित गरी माघदेखि खोप अभियान सञ्चालन गर्न योजना थालिएको बताए ।
उनका अनुसार ती उमेर समुहका करिब देशभर १० देखि १४ वर्षसम्मका १६ लाख ८८ हजार बालिका छन् ।
आगामी माघमा करिब १५ दिनसम्म सञ्चालन गरी प्रत्येक पालिकाका माध्यमिक तहका किशोरीलाई लगाइने उनले बताए ।
उनले नेपालमा पाठेघरको मुखको क्यान्सरविरुद्धको सबैभन्दा ठूलो अभियान हुने बताए । यसअघि सरकारले सात संघीय अस्पतालमा डेमोष्ट्रेसन ९नमूना० का रुपमा १४ वर्ष उमेरका करिब १० हजार बालिकाहरुलाई खोप दिइएको थियो ।