काठमाडौं – साफ वुमन्स च्याम्पियनसिप २०२४ अन्तर्गत नेपाल र भारतबीचको सेमिफाइनल तनावपूर्ण विवादित र रोमाञ्चकताले भरिपूर्ण रह्यो ।

तनाव, रेफ्रीको विवादित निर्णय, दर्शकको नारवाजी, साम्बाको उत्कृष्ट गोल अनी पेनाल्टीमा नेपालको जित ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा एक घण्टा भन्दा बढी समय अबरुद्ध भएको खेलको मुख्य विशेषता यीनै रहे ।

अन्तत सावित्रा भण्डारी साम्बाको अग्रेसन र गोल अनी पेनाल्टी सुटआउटमा अन्जनको बचाउने नेपालले भारतलाई पेनाल्टीसुटआउटमा ४-२ ले हराएर लगातार दोस्रो पटक साफ वुमन्स च्याम्पियनसिपको फाइनलमा स्थान बनायो ।

त्यसअघि निर्धारित समयमा रेखा पौडेलले रातो कार्ड पाएपछि नेपाल एक खेलाडी कममा खेलेको थियो । त्यसको फाइदा उठाउदै संगिता बासफोरेले भारतलाई अग्रता दिलाएकी थिइन् । त्यसपछि खेल रोकियो र तनावग्रस्त बन्यो अनी खेल फेरि सुरु भएपछि उनै सामबाले नेपालका लागि बराबरी गोल गर्दै खेलमा फर्काएकी थिइन् ।

निर्धारित समय १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय सिधै पेनाल्टीसुटआउटबाट भएको थियो ।

नेपालले साफमा भारतलाई लगातार दोस्रो पटक हराएको हो भने समग्रमा छैटौं पटक साफको फाइनलमा पुगेको हो । नेपालले अब उपाधिका लागि बुधबार बंगलादेशसँग खेल्नेछ ।