काठमाडौं – प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापती एवम् पूर्व गृहमन्त्री रवि लामिछानेसँग बयान लिन थालेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसन्धान अधिकृत र सरकारी वकिलले लामिछानेसँग बयान लिन थालेका हुन् । लामिछानेलाई प्रहरीले गएको शुक्रवार पार्टी मुख्यालय वनस्थलीबाट पक्राउ गरेर पोखरा लगेको हो ।
कास्की जिल्ला अदालतले लामिछानेलाई छ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । लामिछाने बिरुद्ध सहकारीको रकम अपचलन गरेको आरोप छ ।
यसैबीच रास्वपाका नेता कार्यकर्ताहरुले सभापती लामिछाने पक्राउ परेको विरोधमा आज पनि पोखरा लगायतका ठाउँमा प्रदर्शन गरेका छन् ।








