काठमाडौं – ललितपुरमा लागेको आगो नियन्त्रणमा आएको छ । ललितपुर महानगरपालिका–१७ स्थित एक टहरोमा लागेको आगो करिब ४५ मिनेटकै बीचमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए ।

मोबिल स्टोर गरिएको टहरोमा लागेको आगो अन्यत्र फैलन नलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

आगलागीमा परेर एकै परिवारका पाँच जना घाइते भएका छन् । घाइते हुनेमा रौतहट घर भएका सन्जय गिरी उनकी श्रीमती रुपा गिरीसँगै उनीका १५ वर्षीय छोरा नित गिरी, ८ वर्षीया छोरी प्रिया र ३ वर्षीया छोरी एलिसा छन् ।

उनीहरुको किस्ट अस्पतालमा उपचार भइरहेको छ ।

डढेको मोबिल एउटा भाँडाबाट अर्को भाँडामा सार्ने बेलामा मोबिल आगोमा परेर आगालागी भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।