काठमाडौं – युक्रेनले लगातार ड्रोन आक्रमण गरेपछि रुसको मस्कोमा रहेका चार वटा विमानस्थल अनिश्चितकालका लागि बन्द भएका छन् । सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै विमानस्थल बन्द गरिएको रुसी अधिकारीले बताएका बीबीसीले जनाएको छ ।
मस्कोका मेयर सर्गेई साबोइनिनले विभिन्न क्षेत्रबाट लगातार प्रहार भएका १९ वटा ड्रोन निस्तेज गरिएको बताउनुभएको छ । उहाँका अनुसार राजधानीको सडकमै केही ड्रोन आक्रमण भए पनि मानवीय क्षति भने भएको छैन ।
यसअघि अस्ति आइतवार भएको आक्रमणका कारण दुई वटा विद्युत् स्टेशनमा क्षति पुग्नुका साथै केही मानिस घाइते भएका छन् ।
हिजो पनि युक्रेनी सेनाले रुसको गाउँ प्रवेश गर्नका लागि प्रयास गर्नुका साथै कर्सकको खानीमा आक्रमण गरेको थियो । एजेन्सी