काठमाडौं – दक्षिण कोरियाको एक अदालतले महाभियोग लागेका राष्ट्रपति युन सुक योलको गिरफ्तारी रद्द गर्दै रिहाइका लागि अनुमति दिएको छ । निलम्बित राष्ट्रपतिका वकिलहरूले अघिल्लो महिना गिरफ्तारी रद्द गर्न अनुरोधसहित हिरासत गैरकानूनी भएको तर्क गरेका थिए । अभियोजन पक्षले योललाई अभियोग लगाउन धेरै लामो समय पर्खेको थियो ।
प्रक्रियागत स्पष्टता सुनिश्चित गर्न र अनुसन्धान प्रक्रियाको वैधताको बारेमा कुनै पनि शङ्का हटाउन हिरासत रद्द गर्ने निर्णय गर्न उपयुक्त ठानिएको अदालतले भनेको छ । महाभियोग लगाउनुभन्दा केही घण्टाअघि नै सांसदहरूले मतदान गरेर सैनिक शासनको घोषणा गरेको भन्दै राष्ट्रपति योलविरुद्ध ‘राज्य विद्रोह’ को आरोप प्रस्ताव दर्ता गरेका थिए ।
जनवरी १५ तारिखमा राष्ट्रपनि योललाई हिरासतमा लिइएको थियो । संवैधानिक अदालतमा महाभियोगको मुद्दा रहेको र यसले योललाई पदबाट हटाउने वा नहटाउने भन्ने निर्णय गर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । एजेन्सी