काठमाडौं – आज काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँको मौसम सफा छ । देशभर कुनै पनि उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले बिहान गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा मौसम आंशिक बदली छ । त्यस्तै आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने अनुमान छ ।
कोशी र गण्डकीको हिमाली क्षेत्रका एकरदुई ठाउँमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति पनि कोशी प्रदेशको पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने अनुमान छ ।










