काठमाडौं – सोलुखुम्बुमा पहिरोले दुई वटा घर बगाउँदा पाँच जनाको ज्यान गएको छ । सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर–९ र १० मा गरी हिजो दुई घर पहिरोले बगाउँदा पाँच जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रहरी नायव उपरीक्षक द्ववारिकाप्रसाद घिमिरेका अनुसार वडा नम्बर–९ मा माईती आएकी सोलुदुधकुण्ड नगरपालिका–२ की २३ वर्षीया ल्हामु शेर्पा, उहाँका सात महिनाका छोरा फुर्वा ल्होप्साङ शेर्पा र वडा नम्बर–९ की वर्ष २९ की रिना तामाङको ज्यान गएको हो ।

त्यस्तै सोलुदुकुण्ड नगरपालिका–१० चैलुङकी वर्ष ३३ की कबिता मगर र वर्ष–२४ की रुपु मगरको ज्यान गएको प्रहरी नायव उपरीक्षक घिमिरेले जानकारी दिनुभयो । चैलुङका टेकबहादुर मगरको ढुङ्गामाटोले बनेको काठको छानो भएको घरको माथिबाट आएको पहिरोले घर बगाउँदा कबिता र रुपुको ज्यान गएको हो ।