ललितपुर – ललितपुर महानगरपालिका-१० कोपुन्डोलमा कार दुर्घटना भएको छ ।

आज बिहान साढे ५ बजे बागमती प्रदेश ०१-०२९ च ४२८२ नम्बरको कार सडकमा अनियन्त्रित भई छेउको विद्युत पोलमा ठोक्किएको हो ।

दुर्घटनामा कारमा क्षति पुगेपनि चालक भने सामान्य रहेको प्रहरी प्रभाग कोपुन्डोलले जनाएको छ ।

कार महालक्ष्मी नगरपालिका सातदोबाटोका सञ्जित जोशीले चलाएका थिए । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कारको ठक्करबाट पोलमा क्षति पुगेपछि त्यस क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार तीव्र गतिका कारण कार अनियन्त्रित भएर दुर्घटना भएको हो ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।