काठमाडौं – मोरङको बुढीगंगामा मतदान केन्द्र भित्रै पटका पड्काइएपछि अवरुद्ध भएको मतदान प्रक्रिया पुनः सुरु भएको छ ।

आइतबार बुढीगंगा गाउँपालिका–१ स्थित करैया देवीस्थान केन्द्र भित्र पटका पटकिएको थियो । लाइनमा बसेर मतदाताले मतदान गरिरहेका बेला केन्द्रभित्रै विष्फोटको ठूलो आवाज आएको थियो ।

पटेका पट्किएपछि अवरुद्ध भएको मतदान पुनः सुरु भएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए । ‘केही समय मतदान अवरुद्ध भएको थियो,’ उनले भने, ‘सबै क्लियर गरेर मतदान सुरु गरेका छौ ।’