काठमाडौं – उदयपुरको कटारी नगरपालिकामा चट्याङ लागेर बालकको ज्यान गएको छ । कटारी–८ फूलबारीका १३ वर्षीय चित्रबहादुर वलम्पाकी मगरको ज्यान गएको वडाध्यक्ष नवीन तामाङले जानकारी दिनुभयो ।
हिजो दिउँसो बाख्रा चराउन गएका मगर साँझसम्म घर नफर्किएको र बेलुकी खोजी गर्न जाँदा ढलिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक कमल बजगाईँले घटनाको थप अनुसन्धान हुने जानकारी दिनुभएको छ ।